Logo

कानपुरका ग्याङस्टार दुबेको सहयोगीहरुको धमाधम पुलिस ‘इन्काउन्टर’



एजेन्सी, २४ असार । कानपुरमा डिएसपीसहित आठ प्रहरीको हत्या गर्ने ग्याङस्टार विकास दुबेका सहयोगीहरु धमाधम मारिने क्रम चलेको छ । त्यहाँको प्रहरीले विकास र उनका सहयोगीहरुको खोजी तिव्र पारेको छ ।

इन्डियन एक्सप्रेसका अनुसार खोजीका क्रममा विकासका सहयोगी अमर दुबेको ‘इन्काउन्टर’ भएको छ । उत्तर प्रदेशको विशेष टास्क फोर्सले विहानै दुबेका सहयोगीको इन्काउन्टरमा मारिदिएका हुन् । मृत्यु भएका अमर ३५ वर्षीय हुन् । उनको टाउकाको मुल्य भारु २५ हजार तोकिएको थियो ।

कानपुर प्रहरीले विजयका सहयोगी श्यामु बाजपेयीलाई भने खुट्टामा गोली हानेर पक्राउ गरेको छ । गोली हानाहानका क्रममा उनलाई पक्राउ गरेको उल्लेख छ ।

गत हप्ता दुबेले पक्राउ गर्न आएका आठ प्रहरीको हत्या गरिदिएका थिए । घटनामा उनका सहयोगीहरु समेत मारिएका थिए । प्रहरी मारिएपछि ग्याङस्टार विकासको घर कम्पाउन्ड प्रहरीले ध्वस्त पारिदिएको छ । उनको टाउकाको मुल्य साँढे दुई लाख तोकिएको छ ।

Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्