Logo

आज सुन तोलाको साढे ९१ हजार



काठमाडौ, २४ असार । सुनको मुल्य आज तोलामा ६०० रुपैयाँले बढेको छ । बुधवार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बुधवार ९१ हजार ७०० रुपैयाँमा पुगेको सुनको मुल्यमा निरन्तर गिरावट आएपनि मंगलवारदेखि पुःन उकालो लागेको हो । त्यस्तै चाँदीको मुल्य पनि आज तोलामा ५ रुपैयाँले बढेर ९५५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्