Logo

‘कि रोजगारी दे, कि कोरिया पठाईदे’ भन्दै माईतीघर मण्डलामा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २४ असार । रोजगारीका लागि दक्षिण कोरियामा जान ईपिएस परीक्षा पास गरि सम्पूर्ण प्रक्रिया पूरा गरी फ्लाईटको पर्खाइमा रहेका युवायुवतीहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्। हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाएअनुसार प्रदर्शनमा उत्रिएका युवाहरुले ‘प्रधानमन्त्रीज्यू म थाकिसकें, मलाई गरि खाने बाटो देखाईदिनु’, गरि खान दे सरकार, ‘उडान खोली जान दे’, हामी कामको लागि कोरिया जान चाहन्छौं लगायतका नारा लगाएका थिए ।यसरी सरकारविरुद्ध प्रदर्शन गरेकाहरुले जतिसक्दो चाँडो आफूहरुलाई कोरिया जाने वातावरण बनाउन खासगरी उडान खोल्नुपर्नै माग गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्