Logo

आज २३० जना कोरोना भाइरसको संक्रमण मुक्त, कुल ७७५२ निको भए



काठमाडौं, २४ असार । देशमा कोरोना भाइरसका संक्रमित संख्या बढ्ने क्रम जारी भएपनि संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमितमध्ये आज दुई सय ३० जना निको भएका छन् ।

आजसम्म कुल संक्रमित १६ हजार ४ सय २३ मध्ये ७ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् । जुन कुल संक्रमितको ४७.२ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot