Logo

मोदी सबैको मुल्य हुने वा धम्किने ठान्छन्- राहुल गान्धी



कँग्रेस आईका नेता राहुल गान्धीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेतावनी दिएका छन् । उनले आज ट्वीट गर्दै मोदीले सबै मानिसको खरिद मुल्य भएको ठान्ने गरेको लेखेका छन् । मोदीले सबैलाई धम्क्याउन सकिने सोचेको समेत उनले लेखेका छन् ।

गान्धीले सत्यको लागि लड्ने मानिसको कुनै खरिद मुल्य नहुने भन्दै धम्क्याउन पनि नसकिने लेखेका हुन् ।

गान्धीले लेखेका छन्ः मिस्टर मोदीले सँसारलाई आफू जस्तै सोच्छन् । सबै मानिसको मूल्य हुने वा धम्क्याउन सक्ने ठान्छन् । उनले कहिले बुझेका छैनन् कि जसले सत्यको पक्षमा लड्छ उसको कुनै मुल्य हुँदैन र धम्किदैन ।

भारत सरकारले गान्धी परिवारको नाममा रहेका प्रतिष्ठानहरुमा अनुसन्धान गर्ने खबर सार्वजनिक भएलगत्तै गान्धीको भनाई सार्वजिनक भएको हो ।



प्रतिक्रिया दिनुहोस्