Logo

इथियोपियामा भएको हिंसामा परी मृत्यु भएकाको संख्या २३९ पुग्यो



२४ असार: अफ्रिकी मुलुक इथियोपियामा भएको हिंसात्मक घटनामा परी मृत्यु भएकाहरुको संख्या २३९ पुगेको छ ।विभिन्न जातीय समूहका बीचमा अघिल्लो हप्ता भएको हिंसामा परी मृत्यु हुनेहरुको संख्या बढ्दै गएर २३९ पुगेको प्रहरीले जनाएको छ ।एक जना चर्चित पपगायक हचालु हुन्डेस्साको अघिल्लो हप्ताको सोमबार हत्या भएपछि इथियोपियामा हिंसा भड्किएको हो ।

हत्याका विरुद्धमा भएको प्रदर्शनका क्रममा अरु थुप्रै घाइते भएका छन् भने लाखौँको भौतिक संरचनाहरुमा पनि प्रदर्शनकारीहरुले क्षति पुर्याएका छन् ।राजधानीसहित देशका विभिन्न ठाउमा प्रदर्शन भइरहेका र उनीहरुले तोडफोड तथा आगजनी गर्ने गरेको प्रहरीले जनाएको छ ।सरकारले गायकको हत्याराका दोषी पत्ता लगाइ कारबाही गर्ने प्रतिबद्धता जनाएता पनि प्रदर्शन नरोकिएर हिंसाका घटना भइरहेको जनाइएको छ ।“हत्यापछि भएका घटनाहरुमा परेर नौ जना प्रहरी, पाँच जना लडाकू र २१५ जना आम नागरिकले जीवन गुमाएका छन्,” एक प्रहरी अधिकारीले बुधबार भने ।एएफपी



प्रतिक्रिया दिनुहोस्