Logo

कलाकारहरु धमाधम विवादमा मुछिएपछि वर्षाले लेखिन् ‘एक दुई दिन देखि सुन्ने भयो’



काठमाडौ, २४ असार । कलाकारहरु धमाधम विवादमा मुछिन थालेका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीमाथि र्दुव्यवहारको आरोप लगाएकी छिन् । यो अझै सेलाएको छैन । चलचित्रको सुटिङ चलेको छैन । कलाकारहरु र्फुसदिला छन् । यस्तो बेलामा अनेकन फन्डा निस्किदैछ ।

पछिल्लो समय दिपाश्री निरौलाले राजेश हमाल किन महानायक भनी प्रश्न गरेकी छिन् । दिपकराज गिरीलाई कतिपयले महानायक मान्नुपर्छ भन्न थालेका छन् ।
नायिका पुजा शर्माले देशको जिल्ला सख्या भन्न सकिनन् । उनका बारे अनेकन टिकाटिप्पणीहरु भए । यसरी रङ्गक्षेत्र झन् चर्चामा आयो ।  अहिले चलचित्र क्षेत्रको यस्तै विवाद हेरेर नायिका वर्षा शिवाकोटीले व्यङ्ग्य गरेकी छिन् । उनले लेखेकी छिन्एक दुई दिन देखि सुन्ने भयो ! इन्टरटेनमेन्ट प्लिज !! एक्साइटेड ह्वाट नेक्सट ??



प्रतिक्रिया दिनुहोस्