Logo

सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर सार्वजनिक



काठमाडौ, २४ असार । बलिउड कलाकार सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर सार्वजनिक भएको छ । केहि दिन अघि मात्र रिलिज भएको ट्रेलरको करौडौले हेरेका छन् । फिल्मको ट्रेलर हेरेपछि मानिसहरुले हरेक सीन र डायलगलाई सुशान्तसँग जोडिरहेका छन् । उक्त ट्रेलरलाई सुशान्तका फ्यानहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

फिल्मको बीचमा एउटा यस्तो डायलग छ जसमा सुशान्तले भनेका छन् ‘जन्म कहिले लिने, मर्ने कहिले हामीले निर्णय गर्न सक्दैनौ, जिन्दगी कसरी जिउनेमा हाम्रो निर्भर हुन्छ । तर जीवन कसरी जिउने भन्ने हाम्रो हातमा छ । ’ सुशान्तले बोलेको कुरा र यो ट्रेलरको डायलगलाई मानिसहरुले सुसाइडसँग जोडेर हेर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्