Logo

सारेगममा उदित नारायण र कुमार सानुले छोडे शो



काठमाडौ, २४ असार । कोरोना भाइरसको कारण भारतमा धारावाहिक र रियालिटी शोका सुटिङ बन्द भएका थिए । लकडाउन खुकुलो गरेसँगै नयाँ गाइडलाइन्स अनुसार पुनः सुटिङ सुरु भइरहेका छन् । सिंगीग शो सारेगमप लिटिल चेम्समा अब जर्जको रुपमा उदित नारायण र कुमार सानुलाई देख्न नपाइने भएको छ उनीहरुको स्थानमा रेशमिया र जावेद अली हुनेछन् ।

अब नयाँ जजको साथमा शुटिङ जुलाई १० मा हुने भएको छ । महाराष्ट्र सरकारले शुटिङको नयाँ गाइडलाइन्स अनुसार ६० वर्षभन्दा माथीका कलाकारलाई शुर्टिङ गर्ने अनुमति नभएकाले उनीहरुले शो छोड्नु परेको हो ।

सारेगमप मा मनिष पालले होस्ट गरेका छन् । मनिष शो निरन्तर गर्न पाएकोमा उत्साहित छन् । उनले सामाजिक दुरी कायम राखी आवश्यक सावधानी अपनाएर शुटिङ राम्रो गर्ने बताएका छन् ।

सारेगमपको यो सिजन फरवरी २९ बाट शुरु भएको थियो । यसमा देशभरबाट १५ बच्चा छानिएका थिए । यस शो मा ३ जर्जको साथमा ३० मानिस ज्युरी हुने गर्छन् । जीटिवी बाट प्रशारण हुने यो शो ८ र्औ सिजन हो ।



प्रतिक्रिया दिनुहोस्