Logo

रिपोर्टर्स क्लब नेपाल, दाङ स्थापनाको दश वर्ष



शरद रेग्मी – अध्यक्ष–रिपोर्टर्स क्लब नेपाल-दाङ

= विगत दश बर्षदेखिको हाम्रो सुचनाको अभियानले समग्र दाङलाइ जोडेको छ । जनताका गुनासादेखि नेताका अभिव्यक्ति सुन्ने साझाथलोका रुपमा रहेको रिपोटर्श क्लव दाङ कसैकालागी पनि प्रवेशमा असहज वनेन । अर्थात ‘न्युज क्रिम’का रुपमा रहेको यस संस्थालाइ आम जनसमुदायले न्युज मेकर संस्थाका रुपमा लिदै आएको हाम्रो अनुभुति छ । साना राजनितिक दलहरु होउन वा सत्तारुढ प्रमुख राजनितिक दलदेखि उपराष्ट्रपतिसम्म तथा जंगलका राजा राउटेको पनि आवाज रिपोर्टर्स क्लवमा पोखिएको पनि स्मरण गराउन चाहन्छौं ।

जसका निरन्तर हुने परिणाममुखि साक्षात्कारहरुले दाङ र यस क्षेत्रको बिकासमा थप मदत पुगेको हामिले प्रत्यक्ष महसुस गरेका छौ । जनताले हामीलाइ न्युजमेकर संस्थाका रुपमा लिएको पनि यहांहरुलाइ अवगतै छ । रिपोर्टर्स क्लव एउटा ताररहित पुल हो, जसले मुलुकका कुना/काप्चासम्म दाङलाइ जोडेको छ । दाङलाई सिधा काठमाडौं सम्म जोडदै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समाचारमार्फत हङगामा मच्चाउने एकमात्र फोरम दाङमा रिपोर्टर्स क्लब अझ मजबुत र सक्रिय हुदै गएको छ । दाङमा आएको भिषण बाढिको अवस्थामा पिडितहरुलाइ राहतको पहुंचमा ल्याउने सवालमा होस वा महाभुकम्पका वेला मुलुकलाइ सहि दिसामा डो¥याउन क्लवले गरेका योगदानलाइ स्मरण गर्न र गराउन चाहन्छौं ।

मुलुक दशबर्षे द्धन्द्धको चपेटोमा परेको अवस्थामा होस वा शान्तिपछि पनि संक्रमणकालिन न्यायका सवालमा क्लवले अविस्मरणिय योगदान गरेको अवस्थासंगै मुलुकमा संघियता आइसकेपछि शान्तिवार्ता भएकै स्थान हापुरेमा फेरी अधिकारकर्मि एवं नेताहरुसंगको बृहत अन्तरक्रियामा पनि हाम्रो भ्ुमिकाको प्रशंसा भएकै हो ।

पश्चिम नेपालमा दुई सय बढि पत्रकारहरु सदस्य रहेको रिपोर्टर्स क्लबमा जिल्लाका सर्वाधिक ठुला रासिका दशवटा पत्रकारिता पुरुस्कारहरु समेत स्थापना भएका छन । क्लबको बिपि चौकस्थित तुलसीपुर उपमहानगरपालिकाका संस्थापक मेयर शकंर प्रसाद आचार्यको घरमा दिनहु कार्यक्रम गर्ने सुबिधायुक्त सभाहल रहेको छ ।

पछिल्लो समयमा विश्वसमुदाय फेरी विश्वप्यापी कोभिड—१९ को संक्रमणको चपेटोमा छ । यो महामारीबाट बच्न र बचाउन पनि हाम्रो अभियान त्यत्तिकै सक्रिय रहेको छ । यो विषम परिस्थितिमा आवस्यक राहत व्यवस्थापन र औषधि उपचारको व्यवस्थापनका सवालमा पनि हाम्रा सल्लाह र सुझावलाइ स्थानिय सरकारले रचनात्मक सुझावका रुपमा लिएको पनि स्मरण गर्न चाहन्छौं । साथै अन्तमा सुचनाको पहुंच विस्तारका क्रममा हाम्रा पाइला रोकिने छैनन् । हाम्रो दशौं बर्षगाठका अवसरमा हामीलाइ सुन्ने, पढ्ने आम पाठक एवं श्रोताहरु, विभिन्न सन्चारमाध्यम र सञ्चारकर्मीहरुप्रति पनि विशेष आभार व्यक्त गर्न चाहन्छौं ।



प्रतिक्रिया दिनुहोस्