Logo

बेबी डल बन्न १७ एसिड लिप इन्जेक्शन लिने युवती



मानिसको रहर अनगिन्ती हुन्छन् । तर, सबैको पुरा हुदैनन् । कोही कोही मानिसलाई के के बन्ने इच्छा हुन्छ कहिले त त्यहि रहरले आफ्नो प्राकृतिक सौन्दर्य पनि बिगार्छन् । सुन्दर बन्न सबैको इच्छा हुन्छ । तर इच्छा तिव्र भएमा हानी पनि गर्न पुग्छ । बुलगेरीयाको २२ वर्षिया एंड्रिया इवानोवाले डल बन्ने तिव्र इच्छा भएकोले १७ वटा एसिड लिप इन्जेक्सन लगाएकी छिन् ।

उनले आफुलाई विश्वकै ठुलो ओठ भएकी महिलाको रेर्कड राख्न चाहेकोले एसिड लिप इन्जेक्सन लगाएकी हुन् । उनी कलेज पढ्दै छिन् । एंड्रियाले पछिल्लो वर्ष ट्रान्सफर्मेशनको यात्रामा गएकी थिइन् । उनका अनुसार यात्रामा जाँदा ठुलो ओठ आफुलाई मन परेकोले आफ्नो प्राकृति अंगलाई ठुलो बनाउन खोजेकी हुन् । उनले आफ्नो इच्छालाई निकै महत्वपुर्ण स्थान दिने गर्छिन् । उनले आफ्नो फोटो इन्स्टाग्राममा सेयर गर्दै आएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्