Logo

भारतको सहयोगमा मुगुस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको भवन निर्माण



काठमाडौं, २४ असार । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत साँढे ३ करोडको लागतमा निर्माण गरिएको मुगुस्थित क्याम्पस भवन निर्माण उद्घाटन भएको छ । रातापानीमा अवस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन भएको हो ।

भवनको गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुद्धारा आज भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरिएको भारतीय दूतावासले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

सन् २००७ मा स्थापना भएको उक्त क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग ९युजिसी० बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आवद्ध रहेको छ । क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थीहरु अध्ययनरत यस क्याम्पसमा योग्य विद्यार्थीहरुका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्