Logo

१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिएपछि…



मानिसलाई कतिबेला कुन रोग लाग्छ भन्ने थाहा नै हुदैन । तर एउटा रोगको बिरामीले सबैलाई आश्चर्य पार्ने खालको काम गरेको छ । १४ वर्षदेखि कोमामा बसेकी महिलाले एक बच्चाको जन्म दिएकी छिन् ।

अमेरिकाको एरिजोना राज्यमा १४ वर्षदेखि अस्पतालको कोमामा बस्दै आएकी एरिजोना गर्भवती भएको अस्पतालका कर्मचारी कसैलाई पनि जानकारी थिएन् । अचानक उनले बच्चाको जन्म दिएकी हुन् । अस्पतालले बच्चाको बाबु खोज्ने क्रम जारी छ ।

प्रहरीले यौन हिंसा स्विकार गर्दै कडाइका साथ जाँच गरिरहेको छ । १४ वर्ष पहिले उनी पानीमा डुबेकाले कोमामा गएकी हुन् । उनी कोमामा भएपनि बच्चा भने स्वस्थ्य जन्म दिएकी छिन् । महिलालाई सहयोगको आवश्यकता हुनाले जो कसैलाई पनि आउन जान दिएको अस्पतालले बच्चाको जन्म दिएपछि भने रोक लगाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्