Logo

चिनियाँ कम्पनी सिनोभ्याकको कोरोनाविरुद्ध भ्याक्सिनको अन्तिम परिक्षण सुरु



एजेन्सी। २४ असार । चिनियाँ कम्पनी सिनोभ्याक वायोटेकले कोरोनाविरुद्व विकास गरेको भ्याक्सिनको तेस्रो चरणको परिक्षण सुरु भएको छ ।  तेस्रो चरणको परिक्षण अत्यधिक संक्रमण देखिएको देश ब्राजिलमा हुनेछ। तेस्रो चरणको परिक्षण गर्ने तीन वटा कम्पनीहरु अग्रसर रहेको सोमबार सार्वजनिक गरिएको हो। ब्राजिलीयन रेगुलेटरद्वारा तेस्रो चरणको परिक्षण गर्ने सिनोभ्याकले अनुमति पाएको हो ।

परिक्षण सिनोभ्याक र ब्राजिलीयन कम्पनी बुटनटनको संयुक्त साझेदारीमा हुने छ । कम्पनीले परिक्षणका लागी करिब ९ हजार कमचारीहरु राख्ने निर्णय गरेको हो । यही महिनाको अन्त्यमा परिक्षणलाई तीव्रता दिने विषय कम्पनीले जनाएको छ । तेस्रो चरणको दौडमा अक्फोर्ड विश्वविद्यालयद्वारा निर्मित एस्ट्राजेनेका र चिनियाँ नेश्नल फार्माद्वारा निर्मित सिनाफार्ममात्र रहेको जनाइएको छ ।

सिनोभ्याकले आफ्नो भ्याक्सिनको निर्माणको कार्यलाई जनवरी महिनादेखि सुरु गरेको थियो । सन् २०२० को अन्त्यसम्म कोरोनाविरुद्वको भ्याक्सिन निर्माण हुने अनुमान कम्पनीले लगाएको छ । निर्माण प्रक्रिया सुरु भएसंगै कम्पनीले १० करोड डोज पहिलो चरणमा ल्याउने जनाइएको छ ।पहिलो र दास्रो चरणको नतिजा साकारात्मक देखिएकापछि उक्त भ्याक्सिनको तेस्रो चरणको अनुमति पाएको हो । विश्वस्वास्थ्य संगठन अुनसार तत्काल कोरोनाविरुद्व भ्याक्सिन निर्माण गर्ने दौडमा १९ वटा कम्पनी परिक्षणमा रहेका छ । अहिलसम्म कोरोनाविरुद्व कुनै पनि औषधी वा भ्याक्सिन प्रयोगमा ल्याइएको छैन ।



प्रतिक्रिया दिनुहोस्