Logo

युवकलाई पेट दुखेर जाच्न जाँदा गर्भवतीको रिर्पोट आयो



महिलाहरु गर्भवती हुनु स्वभाविक हो तर अहिलेसम्म कुनैपनि पुरुष गर्भवती भएको छैनन् । तर भारतको उत्तर प्रदेशका एक युवक गर्भवती भएका छन् । उनी कसरी भर्गवती भए केही थाहा छैन तर उनलाई गर्भवती भएको सर्टिफिकेट दिइएको छ ।

२२ वर्षका दर्शन नाम गरेका युवक सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको पेट साह्रै दुख्न थालेकोले सनराइज अस्पताल चेक गर्न पुगे । डाक्टरले अल्ट्रासाउन्ड गर्ने सल्लाह दिएपछि आएको रिर्पोटमा उनको पेट दुख्नुको कारण हुर्किरहेको बच्चा थियो । डाक्टर पनि आश्चर्यमा परे ।

दर्शनको पेटमा फिलोट्युबमा गर्भ भएकोले गुदाको नली सुन्निएको डाक्टरले बताए । रिर्पोट देखेर अचम्म परेका दर्शन र उनका परिवारले अन्य क्लिनिकमा लगेर रिर्पोट देखाउदा कुनै महिलाको रिर्पोट उनकोमा झुक्किएर आएको जानकारी दिए । कम्प्युटरले महिलाको रिर्पोट पेस्ट गरे पछि तुरुन्तै दर्शनको रिर्पोट आएकोले गल्ती भएको अस्पतालले स्विकार गरी माफी समेत मागेको छ ।



प्रतिक्रिया दिनुहोस्