Logo

भीमलाई यसरी आयो १० हात्तीको बल



हामी सबैले महाभारतको कहानी त सुनेकै छौ । सत्यको मार्गमा हिडेका जम्मा पाँच पांडबले १०० कौरव लाई हराएका थिए । सबै पांडवहरु शक्तिशाली थिए तर सबै भन्दा शक्तिशाली भीमलाई मानिन्छ । उनमा १० हात्तीको बल थियो । तर उनलाई यति धेरै बल कसरी प्राप्त भयो । त्यसको बारेमा आज हामी चर्चा गर्नेछौ ।

त्यसैपनि भीम बच्चैदेखि धेरै बलिया थिए । उनले दौडन, लखेट्न, कुस्ती खेल्न आदीमा कौरवलाई जित्ने गर्थे । दुर्योधन सानैदेखि बदमास थिए । दुर्योधनले पाँच पांडवलाई बोलाएर गंगा तटमा खेल्न उदकक्रिडन नामको शिविर लगाए । खेल खेल्न बोलाएको मौका पारेर भीमलाई खानामा विष हालेर खान दिएर बेहोस बनाएर दुःशासन र दुर्योधनले गंगामा फालिदिए र तर भीम पानीबाट मुर्छित अवस्थामा नागलोक पुगे । पानी भित्र उनलाई धेरै सर्पले डसेकाले उनको शरीरको विष बाहिर निस्कियो । विष बाहिर निक्सेपछि भीमको होस आयो र तीनै सर्पलाई मार्न थाले ।

उनलाई देखेर सबै सर्प डराएर नागराज वासुकीको पास गएर सबै कुरा बताइदिए । आर्यक नाग भीमका हजुर बुबाका पनि हजुरबुवा थिए । यो कुरा थाहापाए पछि नागलोकका राजा आफै भीम भएको स्थानमा आफै पुगे । उनले आफ्नो परिचय दिदै नागराज वासुकीले भीमलाई तलाउको रस पिलाए । जसमा हजारौ हात्तीको बल थियो । भीमले ८ तलाउको रस पिएर एक दिव्य शैयामा ८ दिनसम्म सुते । यसरी भीमले हजार हात्तीको बल प्राप्त गरे । भीम हस्तिनापुर गएर सबै कुरा आमा कुन्ती र पांडवहरुलाई बताए । दाजु युधिष्ठिरले अरु कसैलाई पनि यो कुरा नगर्नु भनेकाले भीमले सबै कुरा गोप्य राखे ।



प्रतिक्रिया दिनुहोस्