Logo

अमेरिकामा कोरोना संक्रमणले रेकर्ड तोड्यो, एकै दिन ६० हजार संक्रमित थपिए



एजेन्सी, २४ असार । अमेरिकामा एकै दिन ६० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्म एकै दिन सर्वाधिक संक्रमित थपिएको संख्या हो ।

अमेरिकामा अहिलेसम्म ३० लाख ९८ हजार संक्रमित संख्या पुगेको छ । एक लाख ३४ हजारको मृत्यु भइसकेको छ ।

अमेरिकामा मानिसहरु मनोरञ्जनस्थलहरुमा भीडभाड बढिरहँदा संक्रमित संख्यामा रेकर्ड तोडिएको छ । यसले त्यहाँ भयावह अवस्था आउने देखिएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्