Logo

विश्वभर कोरोनाबाट पाँच लाख ४७ हजार भन्दा बढीको मृत्यु



२४ असार : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४७ हजार ४१९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १९ लाख ८४ हजार १०७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६९ लाख २७ हजार ५०५ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४५ लाख ९ हजार १८३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २४५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३० लाख ९७ हजार ५३८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३३ हजार ९९१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २६ लाख १४ हजार ९३१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९६ हजार ८३२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३६ लाख २८ हजार ७९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७८ हजार ६७४ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ३ हजार ६३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९४ हजार ७८२ को मृत्यु भएको छ । एसिया २७ लाख ७४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६४ हजार ८६७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ११ हजार ९४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २६ जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ५३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।एएफपी



प्रतिक्रिया दिनुहोस्