Logo

उपत्यकामा २३ जना कोरोना सङ्क्रमित थपिए



काठमाडौँ, २४ असार : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्