Logo

सरकारद्वारा म्यानमारप्रति समवेदना व्यक्त



काठमाडौँ, २४ असार : सरकारले गणतन्त्र म्यानमार सङ्घमा ठूलो सङ्ख्यामा खानी मजदुर हताहत भएकामा दुःख व्यक्त गर्दै त्यहाँको सरकारमा समवेदना व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यानमारको राज्यपरिषद्का सल्लाहकार एवं विदेशमन्त्री आङसान सुचीलाई आज शोक सन्देश पठाउँदै जारी उद्धार सफल हुने विश्वास व्यक्त गरेका छन् । साथै सन्देशमा उनले म्यानमार सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै शोकपूर्ण क्षणलाई पराजित गर्ने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्