Logo

ट्याक्सी सञ्चालन गर्न निर्देशन



काठमाडौं, २४ असार । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनका लागि व्यववस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार समितिको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा यस्तो निर्देशन दिएको हो ।

बैठकमा यातायात व्यवसायीका प्रतिनिधिसँग छलफपछि यस्तो निर्णय गरेको हो । विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ काइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी)ले तयार पारेका मापदण्ड पूरा गरी लकडाउन अवधिमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेपछि धेरै व्यवसाय प्रभावित भएका छन् । त्यसमध्ये सार्वजनिक यातायात क्षेत्र सर्वाधिक प्रभावित भएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।



प्रतिक्रिया दिनुहोस्