Logo

कर्जाको साँवा र व्याज भुक्तानीको समय बढाउन आग्रह



काठमाडौं, २४ असार । नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थालाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्ने समयावधी बढाउन आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई व्यवसाय सञ्चालन गरिरहेको साना तथा ठुला सबै तहका व्यवसायीहरू लामो समयको लकडाउनको कारण मारमा परेकाले कर्जाको साँवा तथा व्याज भुक्तानीको लागि ताकेता नगर्न आग्रह गरेको हो ।

कोरोना महामारीको कारण उत्पन्न विषम परिस्थितिका कारण यतिखेर गम्भीर सबै उद्योग तथा व्यवसाय संकटमा छन् भने उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तिय संस्थाहरुको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको पनि महासंघले जनाएको छ ।

महासंघले बुधवार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘आजको जटिल परिस्थितिलाई मनन गरी उद्योग व्यवसाय बचाउने तर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्ने हुँदा महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै निजी क्षेत्रको आवाजलाई समयमै संवोधन गर्न जोडदार माग गर्दछ ।’-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्