Logo

७ साउनभित्र विजुलीको महशुल तिर्नुहोस्, लकडाउन अवधिभरको जरिवानाबाट बच्नुहोस्



काठमाडौं, २४ असार । के तपाईंले लकडाउन अवधिभर विद्युत महशुल तिर्नुभएको छैन ? छैन भन्ने नआत्तिनुहोस् जरिवाना लाग्दैन । ७ साउनसम्म विजुलीको महशुल बुझाएमा लकडाउन अवधिभरको जरिवाना लाग्दैन ।

नेपाल विद्युत् प्राधिकरणले लकडाउन अवधिभर ९चैत, वैशाख, जेठ र असार० को विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको हो ।

प्राधिकारणले साउन ७ गतेभित्रमा महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिबाना नलाग्ने व्यवस्था गरेको हो ।

सरकारले गत चैत ११ देखि साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्ब्याएपछि प्राधिकरणले पनि त्यहीअनुसार महसुलमा जरिबाना नलाग्ने व्यवस्था गरेको हो । यसले ग्राहकलाई राहत मिलेको छ । तर, विद्युत तिर्न जाँदा भीड हुने समस्या छ ।



प्रतिक्रिया दिनुहोस्