Logo

भारतमा १३ लाख सैनिकलाई सात दिनभित्र फेसबुक एकाउन्ट बन्द गर्न निर्देशन



एजेन्सी, २४ असार । भारतमा १३ लाख सैनिकलाई फेसबुक र इन्स्टाग्राम एकाउन्ट बन्द गर्न निर्देशन दिइएको छ । जुलाई १५ सम्म सबै सैनिकले आफ्नो फेसबुक एकाउन्ट बन्द गरिसक्नुपर्नेछ । नगरेमा कारबाही गर्ने सुचना जारी गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी यस्तो निर्देशन जारी गरिएको उल्लेख छ । संवेदनशील तथ्यांकहरु चोरी हुने खतराका कारण यस्तो कदम चालिएको जनाइएको छ ।

भारतले ५९ वटा एप्स बन्द गरिसकेको छ । जसमा टिकटक पनि छ । भारतीय सेनाले अफिसियल कामकाजमा पनि फेसबुक एकाउन्ट चलाउन बन्द गरिसकेको छ । टाइम्स अफ इन्डियाले एकजना सैनिक अधिकृतको भनाई उदृत गर्दै चीन र पाकिस्तानी खुफिया एजेन्सीबाट

भारतीय सैनिक अनलाइनमा पनि तारोमा परिरहेको भनेको छ । सन् २०१८ मा एकजना भारतीय सैनिक पाकिस्तानी एजेन्ट महिला बनेर हनी ट्रयापमा परेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्