Logo

‘नेकपा नीति प्रधान हो, नेता प्रधान होईन’ भन्दै नेताहरुको धुम्बाराहीमा धर्ना (फोटोफिचर)



काठमाडौं, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ । असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा शीर्ष नेताहरुले नै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । योसँगै पार्टीभित्रको विवाद सुरु भएको हो । प्रधानमन्त्री ओलीले भने दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच विवाद हल गर्नेगरि वार्ता भैरहेका छन् । पार्टीका दोस्रो तहका नेताहरुले पनि विवाद हल गर्नको लागि नेतृत्वलाई दबाब दिईरहेका छन् । केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालय धुम्बाराहीमा पुगेर लगातार धर्ना दिईरहेका छन्। उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीति प्रधान हो, नेता प्रधान होईन भन्ने नारा बोकेका प्लेकार्ड बोकेका छन् । यसरी धर्ना दिनेमा नेतृत्व भने जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, ठाकुर गैरे, हिमाल शर्मा लगायतका नेताहरुले गरिरहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्