Logo

सिन्धुपाल्चोकमा बाढीले २० जना बगायो, दुई जनाको शव फेला



सिन्धुपाल्चोक, असार २५ । बुधबार राति आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा २० जना बगाएको
छ । बेपत्ता भएकामध्ये दुई जनाको शब मिलेको छ भने १८ जना अझै बेपत्ता रहेका छन् ।

भोटेकोशी र ठाडोखोलामा आएको बाढीले बगाएकाहरुको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ । बाढीले १० घरसहित अरनिको राजमार्गको पक्की पुल समेत बगाएको जनाइएको छ । प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियले बेपत्ताहरुको खोजिकार्य विहानैदेखि सुरु गरेका छन । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्