Logo

लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएका उद्योग व्यबसायहरु समस्यामा



वीरगञ्ज, २५ असार । सरकारले लकडाउन खुकुलो पार्दै अत्यावश्यक लगायतका अन्य उद्योगहरूलाई आवश्यक सुरक्षा व्यवस्था अर्थात् सरकारले निर्धारण गरेको निर्देशन अपनाएर उद्योग कलकारखाना सञ्चालनमा आए पनि समस्यामा रहेका छन् ।

ठूला–साना गरी करिब एक हजारभन्दा माथिको सङ्ख्यामा उद्योग रहेको यस पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरू सरकारले लकडाउन खुकुलो पारेसँगै सञ्चालनमा आएको छ । कच्चा पदार्थको कमी, श्रमिक अभाव, प्राविधिक कर्मचारी अभाव, कर्मचारीको आवतजावतको समस्या, लकडाउनमा घर गएका श्रमिक फर्किन नसक्नु, भारतीय कामदारहरू घर गएर हालसम्म नफर्कनु, उत्पादित वस्तुको बजारमा बिक्री घट्नु, बैङ्क ब्याजको व्ययभार बढ्नु, उद्योगका प्रतिनिधिहरू बक्यौता असुली गर्न सबै क्षेत्रमा पुग्नसक्ने वातावरण नहुनुलगायतका समस्याको चाङमै उद्योगहरू सञ्चालनमा आएको उद्योगीहरू बताउँछन् । अहिले उद्योगहरू ३० देखि ५० प्रतिशतको क्षमतामा मात्र सञ्चालनमा रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो ।

यहाँ कार्यरत करिब २० हजार भारतीय श्रमिक भारत गएकाले केही प्राविधिक समस्या आएमा उनीहरूसँग सूचना सञ्चारको प्रयोग गरी समाधान गरी नै रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्