Logo

बलिउड हास्य अभिनेता जगदिपको निधन



मुम्बई, असार २५ । बलिउडका ‘सुर्मा भुपाली’ को नामले प्रख्यात हास्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईस्थित आफ्नौ निवासमा निधन भएको हो ।

उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । भारतीय सञ्चार माध्ययका अनुसार विभिन्न रोगबाट ग्रसित जगदिपको पछिल्ला दिनमा स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो ।

फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनलाई बलिउडमा चर्चित बनाएको थियो । यसबाहेक ब्रहम्चारी, नागिन र अन्दाज लगायत फिल्ममा गरेको भूमिकालाई दर्शकहरुले असाध्यै मन पराएका थिए ।

जगदिपले आफ्नो फिल्मी जिवनमा चार सय बढी भारतीय फिल्महरुमा अभिनय गरिसकेका छन् । जगदिपका छोरो जावेद जाफरी अलिउडमा परिचित नाम हो । उनले पछिल्लो पटक सन् २०१४मा फिल्म ‘गली–गली चोर है’ मा पुलिस हवलदारको भूमिका निभाएका थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्