Logo

प्रदेश नं १ : १७ संक्रमित थपिए, ४९ जना घर फर्किए



विराटनगर, असार २५ । प्रदेश नं १ मा १७ जना कोभिड–१९ संक्रमित थपिएका छन्।  सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई(दुई जनामा नयाँ सङ्क्रमण देखिएको हो।

मोरङको लेटाङमा एक र धनपालथानमा दुई, झापाको मेचीनगरमा एक महिलासहित पाँच, विर्तामोड र हल्दिबारीमा एक–एक, सुनसरीको इटहरीमा दुई, तेह्रथुमको लालीगुराँसमा एक, ताप्लेजुङको फुङलिङमा एक महिलासहित दुई र इलामको सन्दकपुरमा दुई जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो। योसँगै प्रदेशमा संक्रमितको संख्या ७०२ पुगेको छ ।

यस्तै प्रदेशमा ४९ संक्रमित निको भई घर फर्केका छन् । यसरी निको हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका १४ र पूर्वाञ्चलविश्व विद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट ३५ छन्।

निको हुने संक्रमितमा १० महिलासहित ४९ रहेका मन्त्रालयले जनाएको छ। प्रदेशबाट निको हुने संक्रमितको संख्या ५२७ पुगेको छ।रासस



प्रतिक्रिया दिनुहोस्