Logo

कोरोना नियन्त्रणकालागि मुख्यमन्त्री भट्टको टिम रद्द नगरे सुदूरपश्चिम दोस्रो उहान बन्छः खड्का



काठमाडौं,असार २५। कोरोना संक्रमण नियन्त्रणमा गैरजिम्मेवार र भ्रष्टाचारमा मात्रै केन्द्रित भएको भन्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारको राजीनामा मागेको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि पटक पटक आग्रह गर्दा पनि वेवास्ता गर्दै आएकाले संक्रमितको संख्या बढेर भयावहको स्थितिमा पुगेकाले यो मन्त्रिपरिषदको नेतृत्व परिवर्तन गरी नयाँ नेतृत्वमा सरकार बनाउनुपर्ने कांग्रेसको माग छ ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै सुदूरपश्चिमा प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले मुख्यमन्त्रीको यहि टिम रहने हो भने प्रदेशमा ठूलो विपद् आइपर्ने बताए । उनले भट्ट नेतृत्वको सरकारको नियत नै खराव भएकाले संघीयता माथि नै प्रश्न उठाएको र सरकार चलाउने अधिकार गुमाइसकेकाले यो टिमले राजीनामा दिनुपर्ने बताए ।

उनले भ्रष्टाचार भन्दा अरु सरकारले जनताको काम गर्न नसकेको भन्दै कज्चनपुरमा भिषण बर्षाले गाउँ डूबानमा पर्दा समेत सरकारले नहेरको दावीसमेत गरे । कोरो संक्रमण नियन्त्रण र उपचारका लागि पक्ष र प्रतिपक्ष भएर काम गर्न नहुने सल्लाह दिदा समेत मुख्यमन्त्रीले नमानेका कारण प्रदेश कोरोनाको जोखिममा पुगेको खड्काको भनाई छ ।

उनले भने,‘अहिले प्रदेशमा कोरोना संक्रमितको सख्या ४ हजार माथि पुगेको छ । यसै गरि बढ्ने हो भने यो प्रदेश चाइनाको बुआन हुनसक्छ । केन्द्रीय सरकारले पनि साथ दिन सकेन । यो प्रदेशमा एउटा मात्रै पीसीआर छ । २५० भन्दा बढी परिक्षण गर्न सकिदैन । प्रदेश सरकारले पनि हाम्रो कुरा सुनेर हामी सहकार्यका लागि तयार छौँ भनिरहेका थियो । काम गर भनेर हामीले सदन रोकेका थियौँ तर, अधिनायवादी शैलीमा बजेट पास भयो ।’



प्रतिक्रिया दिनुहोस्