Logo

उत्तर प्रदेशका गैंगस्टर विकास दूवे, प्रहरी हत्याको अभियोगमा प्रक्राउ



एजेन्सी, २५ असार । उत्तर प्रदेशका गैंगस्टर विकास दूवेलाई प्रहरीले गिरफ्तार गरेको छ । दूवेलाई आँठ प्रहरीको क्रुरतापूर्वक हत्या गरेको आरोपमा मध्येप्रदेश प्रहरीले आज (बिहीबार) गिरफ्तार गरेको हो ।

हत्याको एक साता पछि दूवेलाई प्रहरीले गिरफ्तार गरेको छ । विकास दूवेलाई मध्ये प्रदेशको उज्जेन शहरबाट आज प्रहरीले गिरफ्तार गरेका हुन् । कानपुरमा गत शुक्रबार आठँ प्रहरीको हत्या गरी फरार रहेको दूवेमाथि ६० वटा विभिन्न प्रकारका केसहरु दर्ता रहेको थियो । उनीमाथि प्रहरीले ५ लाखको इनाम समेत राखेको थियो ।



प्रतिक्रिया दिनुहोस्