Logo

मन्त्रिपरिषद बैठकमै बेहोस भएका आइभरी कोष्टका प्रधानमन्त्रीको निधन



आइभरी कोष्ट, असार २५ । मन्त्रिपरिषद बैठकमा नै विरामी परेका आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको निधन भएको छ । बैठकमा बसेका बेला एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएका ६१ वर्षीय काउलीबलीको अस्पतामा निधन भएको हो।

आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदारको रुपमा मानिदैं आएका थिए। उनी दुइ महिना लामो मुटु सम्बन्धी उपचारपछि हालै फ्रान्सबाट फर्किएका थिए ।उनको निधनपछि आइभरी कोष्टमा हुने निर्वाचन समेत अन्यौलमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्