Logo

हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटिएको डब्ल्यूएचओद्वारा पुष्टि



एजेन्सी २५ असार : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना हावाबाट सर्ने पुष्टि गरेको छ । मंगलबार कोरोनाको संक्रमण हावाबाट फैलिन सक्ने प्रमाणलाई स्विकार गर्दै पुष्टि गरेको हो । डब्ल्यूएचओले हावामार्फत् भाइरस फैलने आशंकामाथि छलफल गरिरहेको विषय कोभिड–१९ महामारीसँग सम्बन्धित चिकित्सकहरुले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

डब्ल्यूएचओले सार्वजनिक स्थानमा, विशेषगरी भीडभाड, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न सकिँदैन भन्दै सतर्क रहन सुझाएको छ । यस विषयमा कार्य जारी रहेको डब्ल्यूएचओले जनाएको छ । वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । ’क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा सोमबार प्रकाशित भएको खुल्ला पत्रमा ३२ देशका २३९ वैज्ञानिकले हावामा पनि रहन सक्ने ‘फ्लोटिङ भाइरस’ हो भनेर प्रमाण समेत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्