Logo

सभामुख सवार हेलिकप्टर धुलिखेलबाटै फर्कियो



काठमाडौं, असार २५ । सभामुख अग्निप्रसाद सापकोटा सवार हेलिकप्टर खराब मौसमका कारण धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित वडा ५ को जम्बु क्षेत्रमा बाढीको क्षति निरीक्षण गर्न सभामुख सहितको टोली त्यसतर्फ लागेको थियो। तर, प्रतिकुल मौसमका कारण हेलिकप्टर धुलिखेलबाटै काठमाडौं एयरपोर्ट फर्किएको छ । गृहजिल्लामा बुधबार राती गएको बाढी तथा पहिरोले पु¥याएको धनजनको क्षतिबारे अनुगमन गर्न सभामुख सहितको टोली त्यसतर्फ लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्