सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा


काठमाडौं, २५ असार । देशका विभिन्न भू भागमा बाढीले खतरा बढाएको छ । कतिपय नदी तटीय क्षेत्रमा जोखिम बढेको गृह मन्त्रालयले जनाएको छ ।

सुनकोशी नदीका कतिपय क्षेत्रमा अलर्ट गरिएको छ । टोक्सेलघात, ओखलढुङ्गा जलसतह सतर्कता नजिक पुगेको छ । विहानबाट थप बढेको जनाइएको छ ।

माथिल्लो तटीय क्षेत्र सुनकोशी खुर्कोटमा जलसतह उच्च बिन्दुमा पुगेर घट्न थालेकाले बहाब सतर्कता आसपास नै रहने वा पार गर्न सक्ने नेपाल बढी सुचना केन्द्रले जानकारी दिएको छ ।

यसैगरी कास्कीमा पनि खोलामा बाढीको खतरा रहेको भन्दै सतर्क रहन भनिएको छ । पोखरा, लुम्लेलगायत धेरै स्थान, लमजुङ, पर्वत, बागलुङ र आसपास भारी वर्षा मापन र थप वर्षा हुने सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन सुचना जारी गरिएको छ ।