Logo

‘बर्दीमा दाग लगाए निर्मम कारवाही’ : नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्री



काठमाडौ, २५ असार ।  नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताए। आज गृहसचिवको हातबाट दज्र्यानी चिन्ह थाप्दै उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिलाएका छन् ।

प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उनले धारणा व्यक्त गरे। उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गरे। उनले भने,“कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरुपमा कारवाही गरिन्छ ।”

उनले जीवनमै नभोगिएको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजनलाई सही निष्कर्षमा पु¥याउनेसमेत उहाँले प्रतिबद्धता जनाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्