Logo

ओलीविरुद्ध भारतीय मिडियाले सीमा नाघेको भन्दै श्रेष्ठ आक्रोशित, बकवास बन्द गर्न आग्रह



काठमाडौं, २५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारती मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । नेपाल सरकार र प्रधानमन्त्रीको बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघेको उनको टिप्पणी छ ।

बिहीबार सामाजिक ट्विटरमार्फत श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्,‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’ file photo



प्रतिक्रिया दिनुहोस्