योगेश भट्टराईको टिप्पणी : भारतीय मिडियाप्रति दया लाग्छ !


काठमाडौं, २५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भारतीय मिडियाको चिन्तनप्रति आफूलाई दया लागेको टिप्पणी गरेका छन् । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय संचार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दालाग्छ पूर्बिय सभ्यताको उपहास भईरहेको छ । उनीहरुले आँफैलाई सरेआम नङ्ग्याइरहेका छन । दया लाग्छ उनीहरुको चिन्तनप्रति !’