Logo

सरिता गिरीले जसपालाई चुनौती दिदै प्रश्न गरिन्- मधेशीमाथि शोषण अन्तको विषय उठाउँदा राष्ट्रिय अखण्डतामा कसरी खतरा ?



काठमाडौं, २५ असार । जनता समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीले चुनौती दिदै उक्त पार्टी नेतृत्वको आलोचना गरेकी छिन् । उनले आफूमाथि अनुशासनको कारबाही गर्ने पार्टीको केन्द्रीय समिति मात्र सक्षम नभएको भन्दै चुनौती दिएकी छिन् ।

गिरीले मधेशी मागिथ अहिले सम्म शोषण रहेको भन्दै त्यसको अन्तको विषय उठाएको बताएकी छिन् । उनले ट्वीट गर्दै लेखेकी छिन्, ‘मधेशीमाथि अहिले सम्म जारी शोषण्को अन्त गर्ने विषय उठाउँदा राष्ट्रिय अखण्डतामा कसरी खतरा परेको छ ?’

नेपालमो नयाँ नक्शासम्बन्धी निशाना छाप संसदबाट पारित गर्दा विरोधमा उत्रिएकी गिरीले पार्टी ह्वीप समेत उल्लंघन गरेपछि कारबाहीमा परेकी थिइन् । उनीमाथि अनुशासनको कारबाही गरी पार्टी र संसद सदस्यबाट समेत हटाउने गरी जसपाले निर्णय गरिसकेको छ ।

सरिता गिरीको ट्वीट: १८१६को संधि अनुसार नक्शा पारित गरे पछि संधिको धारा ७अनुसार मधेशी माथि अहिले सम्म जारी शोषणको अंत गर्ने विषय उठाउंदा राष्ट्रिय अखंडतामा कसरी खतरा परेको छ?रा.दल.ऐन अनुसार अनुशासनको कारवाही गर्न पार्टीको ३२५ सदस्यीय के.स. मात्र सक्षम समिति हो।ध्यानाकर्षण गराउंदै छु।



प्रतिक्रिया दिनुहोस्