काठमाडौं, २५ असार । देशमा आज पनि सयौंको संख्यामा कोरोना भाइरसको संक्रमित संख्या थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १७ हजार नजिक पुगेको छ । यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनेछ ।
आज पनि काठमाडौं उपत्यकामा ठुलो संख्यामा संक्रमित थपिएका छन् । दैनिक २० भन्दा बढीको संख्यामा उपत्यकामा संक्रमित थपिने क्रम जारी छ । यसले उपत्यकाभित्र त्रास बढाएको छ ।
यसअघि हिजो दुई सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । योसँगै कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको थियो ।




प्रतिक्रिया