Logo

सुनको मुल्यले रेकर्ड तोड्यो



काठमाडौ, २५ असार । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य आज तोलामा ९०० रुपैयाँले बढेको छ । बिहिवार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा रहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय ६५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बिहिवार ९१ हजार ७०० रुपैयाँमा पुगेको सुनको मुल्यमा निरन्तर गिरावट आएपनि आज ह्वात्तै ९ सयले बढेर उकालो लागेको हो । त्यस्तै चाँदीको मुल्य पनि आज तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्