Logo

१०८ कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार ५ सय ३१



काठमाडौं, २५ असार । देशमा आज १ सय ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ८ सय ९१ घर फर्केका छन् । पुर्वका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्