Logo

सरिता गिरीको सांसद पद गुम्यो, जसपा नेतृत्वलाई चुनौती दिइन्



काठमाडौं, २५ असार । जनता समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीको सांसद पद गुमेको छ । आज संघीय संसद सचिवालयले सुचना जारी गरी उनको सांसद पद रिक्त भएको जानकारी दिएको हो ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले सुचना प्रकाशित गरी सांसद पदबाट हटाइएको जानकारी दिएका हुन् । जसपाले उनीमाथि कारबाही गर्दै सांसद पदबाट हटाउन औपचारिक पत्र लेखेको थियो । पाटी ह्वीप उल्लंघन गरेको भन्दै उनीमाथि जसपाले कारबाही गरेको थियो । समानुपातिक सांसद गिरीको पद गुमेसँगै उनको साटो जसपाबाट बन्दसुचीकी अर्की महिला सांसद हुने पक्का छ ।
यसैगरी, गिरीले जसपालाई चुनौती दिदै नेतृत्वको आलोचना गरेकी छिन् । उनले आफूमाथि अनुशासनको कारबाही गर्ने पार्टीको केन्द्रीय समिति मात्र सक्षम नभएको भन्दै चुनौती दिएकी छिन् ।

गिरीले मधेशी मागिथ अहिले सम्म शोषण रहेको भन्दै त्यसको अन्तको विषय उठाएको बताएकी छिन् । उनले ट्वीट गर्दै लेखेकी छिन्, ‘मधेशीमाथि अहिले सम्म जारी शोषणको अन्त गर्ने विषय उठाउँदा राष्ट्रिय अखण्डतामा कसरी खतरा परेको छ ?’

नेपालमो नयाँ नक्शासम्बन्धी निशाना छाप संसदबाट पारित गर्दा विरोधमा उत्रिएकी गिरीले पार्टी ह्वीप समेत उल्लंघन गरेपछि कारबाहीमा परेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्