Logo

बार्सिलोना विजयी, लिग लिडर रियलसँगको अंक दूरी एक



काठमाडौं, २५ असार । स्पानिश लिग फुटबल ला लिगामा बार्सिलोनाले इस्पानोयललाई १–० ले हराएको छ । गएराति भएको डर्बी म्याचमा आफ्नै शहरको प्रतिद्धन्द्धी इस्पानियोललाई हराउन बार्सिलोनाका लुईस सुवारेजले निर्णायक गोल गरे ।

यो जितले बार्सिलोनालाई शिर्ष स्थानको रियाल मड्रिडसँग एक अंकको दुरीमा पुर्‍याएको छ । उता पराजित टोली इस्पानियोल भने स्पेनको शिर्ष डिभिजनबाट रेलिगेशनमा परेको छ ।

३५ खेलबाट २४ अंक मात्रै जोडेको इस्पानियोल तालिकाको पुछारमा रहेको छ । सिजनमा ३ खेल मात्रै बाँकी छँदा इस्पानियाल रेलिगेसन क्षेत्रभन्दा माथि १७ औं स्थानको आईबारभन्दा ११ अंकले पछाडी छ ।

ला लिगामा ३४ खेलबाट ७७ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ । बार्सिलोना ७६ अंकसहित दोस्रो स्थानमा छ । रियलले बार्साभन्दा एक खेल कम खेलेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्