Logo

पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’



काठमाडौ, २५ असार । कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानिएको बेला नायिका पुजना प्रधान (स्त्री) पनि बोलेकी छिन् । बेला –बेलामा विभिन्न अभिव्यक्ति दिएर विवादमा तानिदै आएकी अभिनेत्री पुजनाले राजेश हमालको ‘महानायक’ पदको विषयमा मुख खोलेकी हुन् ।

पुजनाले महानायक राजेश हमालसँग अरुलाई दाज्ने हिम्मत कसरी गर्न सकेको भन्दै निर्देशक दीपकराज गिरीलाई कटाक्ष गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘२–४ वटा फिल्म चल्यो भन्दैमा बर्षौ देखि फिल्म उद्योगलाई आफ्नो काध थाप्दै आएको राजेश हमालसँग अरुलाई दाज्न मिल्छ ? ’



प्रतिक्रिया दिनुहोस्