Logo

उषा खड्गीले यसरी मनाइन् जन्मदिन



काठमाडौ, २५ असार । कलाकारहरु सामाजिक सञ्जालमा विवादमा परिरहेका छन् । कोही भने हल्लाबाट टाढा भएपनि विवादमा मुछिन चाहेका छैनन् ।

हालै मात्र पुर्व मिस नेपाल उषा खड्गीले जन्मदिन मनाएकी छिन् । उषाले आफैले चलाएको बुटिकमा जन्मदिन मनाएकी हुन् । उषा अहिलेसम्मकै सुन्दर मिस नेपाल मानिन्छिन् ।

सेलिब्रिटीहरुबचि आरोप प्रत्यारोपमा लागिरहँदा उनी भने आफ्नो व्यवसायमा व्यस्त छिन् । बाहिर खुलेर कुरा नगर्ने उषा विवादमा आउँदिनन् । उनको जन्मदिनमा परिवार र साथीहरुको सामान्य उपस्थिती रहेको थियो ।

उनले कति औ जन्मदिन भने खुलाएकी छैनन् । आज उनले इन्स्टाग्राममार्फत शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्