Logo

छोटो दुरीका सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय



काठमाडौ, २५ असार । सरकारले छोटो दुरीको सार्वजनिक यातायात चल्न दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले आजको पत्रकार सम्मेलनमा छोटो दुरीमा सार्वजनिक यातायात चल्ने जानकारी दिएका हुन ।

पत्रकार सम्मेलनमा उनले उपत्यकाको सुरक्षाका मापदण्ड अनुसार सवारी साधन संचालन गर्ने निर्णयको जानकारी दिए । सरकारले उपत्यका बाहिर भने एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने गरी सवारी साधन संचालन गर्ने निर्णय गरेको हो ।

काठमाडौ उपत्यकामा भने तीन जिल्लामा नै एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउनेछन् । खतिवडाले शुक्रबारदेखि सार्वजनिक यातायात चलाउन सकिने बताएका छन् । निजी सवारी साधनमा पनि जोर बिजोर प्रणालीमा चलाउन सकिने जानकारी दिएका छन् । काठमाडौ र अन्य जिल्लामा ट्याक्सी चलाउन दिने पनि निर्णय गरेको खतिवडाले बताए ।

सार्वजनिक यातायातले तोकिएको भाडादरको ५० प्रतिशत भाडा लिन पाउने सरकारले निर्णय गरेको छ । यात्रुबाहक बसमा आधा सिट मात्रै यात्रु राख्न पाइनेछ ।



प्रतिक्रिया दिनुहोस्