Logo

अभिनेत्री रिवेरा तालमा वेपत्ता



एजेन्सी, २५ असार । ग्ली फिल्मकी अभिनेत्री नया रिवेरा दक्षिण क्यालिफोर्नियास्थित तालमा हराएकी छिन् । ३३ वर्षीया रिवेरा बुधबार साँझदेखि पिरु तालमा हराइरहेकी भेन्चुरा काउन्टी शेरिफ कार्यालयले जनाएको छ । उनी बुधबार मध्यान्नमा डुङगा भाडामा लिई आफ्नो सानो बच्चासंग बोटिङ गरेकी त्यहाँका अधिकारीले बताएका छन् । तीन घण्टापश्चात डुङगामा बच्चा मात्र सुतिरहेको हवाई रेस्क्यु टिमले फेला पारेको थियो ।

बच्चाका अनुसार उनीहरु पौडी खेल्न पानीमा कुदे तर उनको आमा पुनः बोटमा नफर्केको उनले बताए । बच्चासित लाइभ ज्याकेट समेत थियो र एक वयस्क उमेरले लगाउन लाइभ ज्याकेट भने बोटमै रहेको जिकिर समेत गरिएको छ । उनले सन् २००९ देखि फक्स टिभीमा सान्ताना लोपज नामक शोमा काम गरेकी थिइन् । सथै उनले कमेडी फिल्म ‘द मास्टर अफ डिस्गाइज’मा समेत काम गरेकी थिइन् । रेस्क्यु टिमले पुनः उनको खोजीलाई बिहिबाररदेखि तीव्रता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्