Logo

आफ्नो मासु आफै खाने बालक



दुनियाँमा मानिसहरुको आ–आफ्नै विशेषता हुन्छन् । सबैका छुट्टाछुट्टै स्वभाव हुन्छन् । कोही भने रोगको कारण आश्चर्य लाग्दो हर्कत गर्छन् । त्यस्तै एउटा बच्चाको पछिल्लो समयमा निकै चर्चा भएको छ । बच्चाले आफ्नो मासु आफै खाने गर्छन् ।

डेवी नामका बच्चालाई ‘लिच न्याहन सिन्ड्रोम ’ रोग लागेकोले अनौठो हर्कत देखाउने गर्छन् । उनले आफ्नो शरीरको मासु  खान्छन् । उनले आफै आफ्नो ओठ, जिब्रो र हात टोक्ने काम गर्छन् । जसले आफैलाई हानी पु¥याछन् । उनको नजिक जाने जो कसैलाई पनि टोक्ने गर्छन् । उनको हात मुखसम्म नजाओस् भनेर अभिभावकले हातलाई नै बाँधिदिएका छन् । उनको आमा बुबाले २४ घण्टा समय दिदै आएका छन् । हाल भने उनलाई विद्यालय पठाउन थालेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्