मास्क नलगाएपछि ब्राजिलीयन राष्ट्रपतिविरुद्व मुद्दा


एजेन्सी, २५ असार । ब्राजिलीयन राष्ट्रपति जायर बोल्सोनारोले प्रेस कन्फेरेन्सका बेला सामाजिक दूरी कायम नगरेको र मास्क फुकालेको आरोपमा पत्रकार समूहले सर्वेच्च अदालतमा मुद्दा दर्ता गरेको छ । उनले कोरोना संक्रमणलाई गम्भीरता पूर्वक नलिएको विषयमा केन्द्रित रही मुद्दा दर्ता भएको हो ।

मंगलबार भएको प्रेस कन्फरेन्समा राष्ट्रपतिले सामाजिक दूरी कायम नगरेको र उक्त समयमा मास्क फुकालेको आरोप पत्रकार समूहले लगाएको छ । राष्ट्रपति जस्ता सम्मानिय पदमा भएका व्यक्तिले महामारीको समयमा लापरबाही गरेको भन्दै राष्ट्रपतिमाथि मुद्दा दायर गरिएको हो । राष्ट्रपतिले आर्टिकल १३१ र १३२ उलंघन गरेको आरोपमा मुद्दा दर्ता भएको जनाइएको छ ।